छिमेकमा अनमोलको चर्चा

- साप्ताहिक संवाददाता

श्रावण १७, २०७४-
अभिनेता अनमोल केसी नेपालमा त नम्बर एकको श्रेणीमा छन् नै, छिमेकी मुलुक भारतमा समेत उनको चर्चा हुन थालेको छ । गत साता अमरउजालाको अनलाइन संस्करणले ‘नेपालका सुपरस्टार अनमोल केसीसँग भेटौं’ आशयको शीर्षकसहित अनमोलका बारेमा सामग्री प्रकाशित गरेको छ । समाचारमा अनमोललाई नेपालमै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बताइएको छ ।

अनमोलको प्रशंसा गरिएको उक्त सामग्रीमा अनमोलले ८ देखि २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने कुरा उल्लेख छ । यसबाहेक उनलाई संगीतप्रेमी तथा नेपाली चलचित्रमै सुपरस्टार भैसकेका भुवन केसीको छोराका रूपमा समेत चित्रण गरिएको छ । अनमोलले चलचित्र गाजुलमा ८ लाख पारिश्रमिक लिएका थिए भने प्रदर्शनको तयारीमा रहेको चलचित्र कृमा उनले २० लाख रुपैयाँ लिएको बताइन्छ ।  

 

प्रकाशित :श्रावण १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्