रणवीरको आशा

- एजेन्सी

श्रावण १७, २०७४-

पछिल्लो चलचित्र जग्गा जासुसको औसत व्यवसायबाट सन्तुष्ट अभिनेता रणवीर कपुर आफ्ना दुई नयाँ चलचित्रले दर्शकको मन जित्ने कुरामा ढुक्क छन् । उनी यतिबेला अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्रको छायांकनको अन्तिम चरणमा छन् ।

आगामी वर्ष प्रदर्शनमा आउने उक्त चलचित्र आफ्नो करियरकै उत्कृष्ट चलचित्र हुने रणवीरको अनुमान छ । यसबीच उनले भर्खरै मात्र अयान मुखर्जीको चलचित्र ड्रेगनमा फरक भूमिकामा प्रस्तुत हुने निर्णय गरेका छन् । असोजदेखि छायांकन प्रारम्भ हुने उक्त चलचित्रमा रणवीरले आलिया भट्टसँग जोडी बनाउने छन् । यो चलचित्रमा उनले सुपरहिरोको भूमिका निर्वाह गर्ने बताइन्छ ।  

 

प्रकाशित :श्रावण १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्