कसैसँग एउटा प्रश्न सोध्नुपर्दा कसलाई के सोध्नुहुन्छ ?

- साप्ताहिक संवाददाता

श्रावण १७, २०७४-

ऋषि धमला सरसँग— ‘लोकप्रियताले धेरै मान्छे चिनाउँछ कि मान्छेले चिनेपछि लोकप्रिय भइन्छ ?’ 

- स्वेच्छा राउत, सञ्चारकर्मी

श्री पशुपतिनाथसँग— ‘हे प्रभु ! कहिलेसम्म हजुरको मात्र भर पर्ने ?’

- कृष्ण मल्ल, अभिनेता

आफैंसँग सोध्छु, ‘कति फेसबुक चलाइरहेको ?’ 

- केकी अधिकारी, अभिनेत्री

गिर्वाणी राणासँग सोध्थे— ‘एनी अफिसियल एकाउन्ट अन सोसियल मिडिया ?’ 

- अमृत ढुंगाना, अभिनेता

सद्गुरु जग्गी वासुदेवसँग यही प्रश्न गर्दा उनले भनेका थिए— ‘मसँग कसैलाई सोध्नका लागि कुनै प्रश्न बाँकी छैन ।’ म उनलाई भेटेर त्यो अवस्थामा पुग्न के गर्नुपर्ला भनेर सोध्न चाहन्छु । 

- ब्रजेश खनाल, लेखक

काठमाडौं खानेपानी र मेलम्ची योजनाका हाकिमहरूसँग सोध्न मन छ, ‘बिग्रिएको बाटो कहिलेसम्म बन्छ ?’

- अनु शाह, अभिनेत्री

म त भगवान्सँग प्रश्न सोध्न चाहन्छु्, ‘हाम्रो देशका नेता र जनता दुवैको बुद्धि कहिले आउँछ ?

- अजय अधिकारी सुशील, गायक

तपाईंसँगै सोध्न चाहन्छु— ‘साप्ताहिकको मध्यपृष्ठमा सुन्दरीहरूको साटो मजस्ता ह्याण्डसमको तस्बिर कहिले छाप्ने ?’

- भरत सिटौला, गायक

चलचित्र विकास बोर्डसँग— ‘ख्वै त बक्सअफिस ?’

- रामजी लामिछाने, निर्देशक

राजनीतिकर्मीहरूसँग— ‘यस्तो अव्यवस्थित पाराले देश कहिलेसम्म चल्छ ?’

- सन्दीप स्याङतान, अभिनेता

गेम अफ थ्रोन्सका लेखक जर्ज आरआर मार्टिनसँग सोध्न मन छ, ‘त्यो थ्रोन लास्टमा कसको हुन्छ ?’

- श्रद्धा प्रसाइँ, अभिनेत्री

आफ्नो भाग्यसँग— ‘म मोडल–नायिका कहिले बन्छु ?’

- सविना आचार्य, नृत्याङ्गना

सबै दलका नेताहरूसँग— ‘भ्रष्ट्राचार गर्न कहिले पुग्छ ?’

- अनिल थापा, अभिनेता

आफ्नै श्रीमतीसँग— ‘तिमी किन रिसाएकी ?’ 

- लोकराज अधिकारी, गीतकार

उसको नाम त लिन सक्दिनँ, तर सोध्ने मनचाहिँ छ, ‘के देखेर रूख चढ्यौ, किन फेरि झर्‍यौ ?’

- जया ओझा, लेखिका

नेताहरूसँग— ‘हाम्रो देशको विकास कहिले हुन्छ ?’

- कमल खत्री, गायक

योजनामा मात्र कि व्यवहारमा पनि देशको विकास हुन्छ नेताज्यू ?

- सञ्जय बराल, आरजे

कलाकारलाई गहना भन्ने मात्र कि व्यवहारमा पनि देखाउने सरकार ?

- उपहार घमाल, चित्र कलाकार

मुंग्लिन–नारायणघाट सडकका ठेकेदारसँग— कहिलेसम्म बन्छ सडक ?

- हिमाल श्रेष्ठ, गायक

तपाईंसँगै सोध्न मन छ, खाली केवल एक प्रश्न सोध्नुहुन्छ ? त्योभन्दा बढी नसोध्ने ?

- विनोद न्यौपाने, अभिनेता

भगवान्सँग— मेरो शरीरमा मोटाउने यन्त्र त जोड्यौ, तर घटाउने यन्त्र जोड्ने बेलामा के फेसबुकमा झुन्डिएका थियौ प्रभू ? 

- अंशु थापा हात्ती, अभिनेत्री

काठमाडौं कहिले राजधानी र महानगरजस्तो होला, विद्यासुन्दर शाक्यज्यू ? वा १७ हजार मानिसको हत्याको खास उद्देश्य के थियो, प्रचण्डज्यू ?

- विकास सुवेदी, म्युजिक भिडियो निर्देशक 

 

प्रकाशित :श्रावण १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्