जन्मदिनमा म्यूजिक भिडियो

- साप्ताहिक संवाददाता

श्रावण १६, २०७४-
गायक तथा संगीतकार भीषण मुकारुङले आफ्नो जन्म दिनको अवसर पारेर नयाँ म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । उनले युवा भित्रको उर्जा  बिदेशमा बेच्नु पर्ने बाध्यता अनि यथार्थ बोकेको ‘कोही उदास’बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक गरेका हुन् । मुकारुङको ‘चन्द्रमुखी’ एल्बममा समावेश रहेको उक्त गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ । बिहीबार जन्मदिनको अवसरमा उनले भिडियो सार्वजनिक गरेका हुन् । 

गीतको शब्द सृजना शुभ मुकारुङले गरेका  हुन् भने संगीत बलराम समालले भरेका छन् । विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ । गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गीतकार  शुभ मुकारुङले आफूले नेपाली समाजको यथार्थलाई शब्दमा उतारेका छन् । कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतले जिवन्त गीत बनेको बताए । 

कोही उदासको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्