फ्लेप र सार्कको प्रतियोगिता

- साप्ताहिक संवाददाता

श्रावण १६, २०७४- 

ओलम्पिकको इतिहासमा सर्वाधिक स्वर्ण पदक विजेता अमेरिकाका माइकल फ्लेप र सार्क माछाबीच एउटा अनौठो रेस सम्पन्न भएको छ । डिस्कभरी च्यानलले सार्क सप्ताह मनाउने क्रममा फ्लेप र सार्कबीच उक्त रेस सञ्चालन गरेको हो । बहामासको समुद्री तटमा आयोजित १ सय मिटरको उक्त रेसमा फ्लेप सार्क माछाभन्दा २ सेकेन्डले पछाडि परेका थिए ।

यो नतिजाबाट फ्लेपका समर्थकहरू दु:खित भए पनि पछि प्रतियोगितामा सहभागी हुने सार्क वास्तविक नभएर कृत्रिम भएको जानकारी दिइयो जसले उनका प्रशंसकहरूलाई राहत प्रदान गर्‍यो । सार्कले उक्त दूरी ३६ दशमलव १ सेकेन्डमा पूरा गरेको थियो भने फ्लेपले ३८ दशमलव १ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए ।

सयौं प्रत्यक्ष दर्शकका अगाडि सञ्चालित यो प्रतियोगिता रमाइलोका लागि भन्दा पनि सार्कको औसत स्पिडलाई आधार मानेर कृत्रिम सार्क निर्माण गरी सञ्चालन गरिएको थियो, जसको उद्देश्यले विश्वकै सफल पौडीवाज र सार्कमध्ये को तीव्र गतिमा पौडन सक्छन् भन्ने कुरा पत्ता लगाउनुथियो ।  

प्रकाशित :श्रावण १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्