आलियाको स्मरण

- एजेन्सी

श्रावण १५, २०७४-

अभिनेत्री आलिया भट्टले एउटा चलचित्रको छायांकनका क्रममा सडक किनारमै शौच गर्नुपरेको अनौठो घटना स्मरण सार्वजनिक गरेकी छिन् । आलियाले सन् २०१४ मै प्रदर्शन भएको चलचित्र ‘हाइवे’ को छायांकनका क्रममा ट्वाइलेटको अभावमा कसरी सडक किनारमै नित्यकर्म गर्नुपरेको थियो भन्ने स्मरण सुनाएकी हुन् । निर्देशक इम्तियाज अलीको उक्त चलचित्र भारतका विभिन्न राजमार्गमा खिचिएको थियो ।

छायांकन युनिट राजमार्गमा अघि बढ्ने क्रममा जहाँ राम्रो लोकेसन देखिन्थ्यो, त्यहीं छायांकन हुन्थ्यो । त्यस्तो अवस्थामा न त होटलमा कोठा पाइन्थ्यो, न त ट्वाइलेट नै । त्यस्तो परिस्थितिमा चलचित्रका अन्य सदस्यहरूझैं आलियाले पनि राजमार्गको किनारा प्रयोग गर्नुपरेको रमाइलो तथा पीडादायी प्रसंग स्मरण गरेकी हुन् ।  

 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्