पललाई चुनौती

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७४-

नाइ नभन्नु ल–४ मा पल शाहलाई मनपराइए पनि उनको अभिनय क्षमतामा औंलो उठाइयो । हालै प्रदर्शित म यस्तो गीत गाउँछुमा भने पलले आफ्नो अभिनय क्षमतामा धेरै सुधार ल्याएको देखियो । म यस्तो गीत गाउँछुलाई दर्शकले मनपराइरहेका छन् । त्यसमा पनि पलको भूमिकाले प्रशंसा पाइरहेको छ ।

म यस्तो गीत गाउँछुको सफलताबाट पलले नेपाली चलचित्रमा आफ्नो झन्डा गाडेका छन्, तर पलका लागि एउटा चुनौती अझै बाँकी नै छ । आफ्नो मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’मा पल एक्सन लभरब्वाइको भूमिकामा छन् ।

भदौमा प्रदर्शनमा आउने ‘जोनी जेन्टलम्यान’ले पनि सफलताको झन्डा गाड्यो भने पल सफल सदाबहार नायकमा दरिने पक्का छ ।  

 

प्रकाशित :श्रावण १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्