मेरो देशको मानचित्र

- एलिना संग्रौला

श्रावण १४, २०७४

 

ओ प्रिय मन

तिमी एकपटक 

मेरो मानसपटलको 

मानचित्रलाई 

उत्खनन् गरेर हेर,

सिंगो मेरो देशका 

कति चित्रहरु 

कोरिएका छन् 

 

तिमी 

विश्वस्त छैनौ भने,

मेरो सिंगो 

मानसपटललाई 

लगेर राखिदेऊ 

तिम्रो चित्रप्रदर्शनी

मेलामा मेरो 

मानसपटलका 

सयौं चित्रहरुलाई 

हजारौं दर्शकहरुले 

नियाल्ने छन्

 

अनि 

महिनौं दिन 

लम्बिनेछ 

तिम्रो चित्रप्रदर्शनी 

मेला विन्ती प्रिय मन

मलाई विलासितामा

अल्झेर 

विदेश पसेको 

लाल्छना नलगाऊ,

मेरो 

परिबन्ध बुझिदेऊ 

मेरो देशको 

माया छातीमा 

टाँसेर बाँचेकी छु,

म अंग्रेजको देशमा 

बसेर 

हर रात सपनीमा 

पृथ्वीनारायण शाहको 

दिव्यउपदेश बरबराई रहेकी छु ।

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्