सनी आमा बनिन्

- एजेन्सी

श्रावण १४, २०७४- अभिनेत्री सनी लियोन जुनसुकै बेला आफ्ना प्रशंसकलाई आश्चर्यमा पार्न सक्छिन् । हालै एउटा अन्तर्वार्तामा सनीले आफू आमा बन्ने कुराका सम्बन्धमा केही खुलासा गरेकी छिन् । सनीका अनुसार शारीरिक रूपमा आमा बन्ने उनको कुनै योजना छैन, किनभने अहिले उनको करियर राम्रो गतिमा अघि बढिरहेको छ । यद्यपि सनीले कुनै पनि दिन आफ्नो सन्तानलाई आफ्नै काखमा खेलाइरहेको देखिए आश्चर्य नमान्नसमेत भनेकी छिन् ।

सनीले सरोगेसी वा अन्य कुनै माध्यमबाट जन्मने सन्तानको आमा बन्न आफू तयार भएको बताएकी हुन् । यो भनाइ आएको एक सातामै सनी र उनका श्रीमान्ले दक्षिण भारतको एक अनाथालयबाट २१ महिनाकी बालिकालाई छोरीको रुपमा स्वीकार गरेका छन् । अहिले सनी नयाँ सन्तानको स्याहार–सुसारमा व्यस्त रहेकी छिन् । 

 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्