धेरैपछि अन्जु पन्तका बारेमा मिडियामा पढ्न पाइयो

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७४- देशको राजधानीको अवस्था यस्तो छ (गजुरियल विश्लेषण : खाल्डो पुराण) । अझ राजधानीबाहिरको अवस्था कस्तो होला ? 
- नेत्र शाह

जीवन स–साना कुरामा अड्किरहेको हुन्छ (युवा मन : झिनामसिना कुरा) । सानो कुरामा चुक्दा नै कतिपय सम्बन्ध अलग हुन्छन् । 
- ममता पाण्डे

अरूलाई खुसी दिएरै नेपथ्य ब्यान्ड र अमृत गुरुङ सफल भएका हुन् (अन्तर्वार्ता : मानिसहरूको खुसीमा खुसी हुन्छु) देश तथा विदेशमा नेपथ्य ब्यान्डका सांगीतिक कार्यक्रम फैलँदै जाऊन् ।
- रुक्मिणी आचार्य

यस्तो नियम ल्याउन आवश्यक थियो (फ्रन्टपेज : छोटा स्कर्ट र बाइकमा बन्देज) । विद्यार्थीहरूलाई अनुशासनमा राख्न जरुरी छ । बढी स्वतन्त्रताले उनीहरूको भविष्य बिगार्छ ।
 - इशु शर्मा

परी मेकर्स पढेपछि नेपाली युवाहरू कम छैनन् (साइन्स एन्ड टेक्नोलोजी : परी मेकर्स) भन्ने विश्वास अझ बलियो भएर आयो । हामीले नेपाली युवाहरूलाई हौसला दिनुपर्छ । उनीहरूको कामले मिडियामा बढीभन्दा बढी स्थान पाओस् ।
- नन्दलाल जोशी

कृषि विज्ञ सुरेन गौतमलाई गायनमा पनि सफलता मिलोस् (विमोचन/प्रिमियर : कृषि विज्ञको गीत)— शुभकामना । 

-साजन काफ्ले

अमेरिका बसेर नेपाली गीत–संगीतमा सक्रिय दिकीको कथा पढेर खुसी लाग्यो (चर्चामा : फरक शैलीका गीत गाउने दिकी) । परदेशमा रहनेहरूले यसरी नै स्वदेशका लागि केही न केही गर्न सक्छन् । 
- नीलकण्ठ पौडेल

सबै प्रतियोगीलाई बधाई (फिल्मी डायरी : चलचित्र प्रतियोगितामा छनौट) । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले जित हात पारोस्— शुभकामना ।
- अनु ढकाल

अझै पनि सेलिब्रेटीहरूले सामाजिक सञ्जालको सदुपयोग गर्न सकिरहेका छैनन् (प्रसंग : सञ्जालको जालमा सेलिब्रेटी) । यसलाई सामाजिक काममा प्रयोग गर्न पाए धेरैको भलाइ हुने थियो । 
- सबिना मल्ल

संगत नगरी कसैका बारेमा वास्तविक तथ्य थाहा पाउन सकिँदैन (मुक्त आकाश : संगत गुनाको फल) । एकचोटि देखेकै वा बोलेकै भरमा मानिसको मूल्यांकन हुँदैन ।
- युवराज

मिस एसिया नेपाल–२०१७ को उपाधि जितेकोमा उकुशा गिरीलाई बधाई छ (उकुशा भइन् मिस एसिया नेपाल) श्रीलंकामा हुने प्रतियोगितामा नेपालको नाम चम्काउनुहोला ।
- सन्देश लुइँटेल

यो खबर पढेर खुसी लाग्यो (मिस युकेमा माल्भिक सुब्बा) । माल्भिका सुब्बाजीलाई शुभकामना छ । 
- गोविन्द

नेपालमा पर्यटनको सम्भावना निकै राम्रो छ (पर्यटन : हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क) । अन्य स्थानहरूलाई पनि यसैगरी स्थान दिनुहोला ।
- मीनराज शर्मा

किसानका छोरा हुन् च्याउ उमार्न जानेका छन् (यात्रा सन्दर्भ : चिन्ने हो यी ‘धनपति’ लाई ?) । पूरै लेखमा यो सन्दर्भ दामी लाग्यो ।
- सुरेन्द्र सुगम भट्ट

परी मेकर्स बनाउने युवाहरूलाई सलाम छ (साइन्स एन्ट टेक्नो : परी मेकर्स) । तपाईंहरूबाट अझै यस्तै आविष्कारको अपेक्षा गरेको छु ।
- खगेन्द्र प्रधान

उदयपुर लिटिल आइकन जित्न सफल भएकोमा सभ्यता कार्कीलाई बधाई (उदयपुर लिटिल आइकन) । अन्य प्रतियोगिताहरू पनि जित्न सफल हुनुहोस्– शुभकामना ।
- भूमिका निरौला

टिकटको मूल्य बढी भयो (पर्यटन : हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क) । सर्वसाधारणलाई लक्षित गरेर अलि सस्तो बनाए हुन्छ नि !
- सुशील सलमान

गायिका दिकी उक्याबका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (चर्चामा : फरक शैलीका गीत गाउन दिकी) । परदेशमा बसेर पनि नेपाली गीत, संगीतलाई निरन्तरता दिनु खुसीको कुरा हो । 
- सूर्य विश्वकर्मा

धेरैपछि अन्जु पन्तका बारेमा मिडियामा पढ्न पाइयो (एकल गायनमा अन्जु पन्त) । गायनबाट कतै ओझेलमा पो परिन् कि भन्ने लागेको थियो । 
 - लक्ष्मण बिके
 

 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्