परदेशी भुमिबाट सुन्दास मोडलिङमा जम्दै

- साप्ताहिक संवाददाता

श्रावण १४, २०७४-

परदेशी भुमि बाट मोडल रोजेन सुन्दास मोडलिङ जम्दै छन । सानै उमेर बाट आफुलाई मोडल तथा नायक बनाउने सोच लिएर अगाडि बढेका मोडल रोजेन सुन्दास अन्तत दक्षिण कोरियामा बसेर भए पनि मोडलिङलाइ निरन्तरता दिदै आएका छन ।  

चर्चित गायक राजेश पायल राईको स्वरमा गीतकार संगीता बायुङ राईको एल्बम ञसङ्गीतालापझमा समाबेश भएको ‘किन गयौ टाढा – टाढा’ बोलको गीतको म्युजिक भिडियो मार्फत उनले मोडलिङलाइ सुरुवात गरेका छन भने यसै म्युजिक भिडियो बाट निर्देशनको यात्रा पनि सुरु गरेका छन । जुन म्युजिक भिडियो भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

मनोज साङ्सोन राईको सङ्गीत रहेको यो गीतको छायांकन दक्षिण कोरियामा गरिएको छ भने कलाकारहरू रोजेन सुन्दास र रीता क्षेत्रीको अभिनय रहेको यो म्युजिक भिडियोमा रोजेन सुन्दासको निर्देशन तथा दीपक पौडेलले छायांकन रहेको छ ।

करीब चार बर्ष अगाडि ञफूलजस्तै लाग्थ्यो माया एल्बम निकाल्नु भएका गीतकार राईको यो दोश्रो एल्बम सङ्गीतालापको बजार व्यवस्थापन बिन्दबासिनी म्युजिकले गरेको छ । 

 

किन गयौं टाढाको म्यूजिक भिडियो : 

 

प्रकाशित :श्रावण १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्