रुपैयाँको ट्रेलर रिलिज

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-
यही भाद्र २३ गते सार्वजनिक प्रदर्शन गरिने भनिएको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलको गीतबाटै प्रतिक्षित बनेको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । युट्युबमा हिजो बिहीवार रिलिज गरिएको ट्रेलरले २४ घण्टा पनि नबित्दै चार लाखभन्दा बढि भ्युज पाएको छ भने युट्युबको नेपाल ट्रेण्डिङमा नम्बर तीनमा रहेको छ ।
 
ट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र एउटा बिशेष कोड लेखिएको २ रुपैयाले उनीहरुले झेल्ने समस्या देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाह गरेको ट्रेलर हेरेपछि थाहा हुन्छ । जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको चलचित्र ‘२ रुपैयाँ’मा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, टिका पहारी, विशारत बस्नेत, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ ।  चलचित्र ‘२ रुपैयाँ’को निर्देशक असिम शाह हुन् ।

ट्रेलरको लिंक  

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्