अमेरिकामा नेपाली फिल्म एवार्डको तयारी

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-

अमेरिकाको कोलोराडो राज्यमा हुन लागिरहेको दोस्रो ग्लोबल नेपाली फिल्म एवार्डको तयारी पूरा भएको बताइएको छ ।

नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म एवार्ड अमेरिकाको संयुक्त आयोजनामा भदौ ३ अर्थात् अगस्ट १९ तारिखमा उक्त एवार्ड वितरण समारोह हुन लागेको हो । अघिल्लो वर्ष १२ विधामा प्रदान गरिएको यो एवार्ड यसपटक ८ विधा थप गरेर २० विधामा प्रदान गरिने कार्यक्रम संयोजक शैलेस पोखरेलले जानकारी दिएका छन् । एवार्डमा स्वदेश तथा विदेशमा रहेका कलाकारहरूको जमघट हुँदैछ । 

एवार्ड कार्यक्रममा नेपालबाट झन्डै २० जना, अमेरिकाबाट २५ जनाका साथै अष्ट्रेलिया बाट समेत नेपाली कलाकारहरू सहभागी हुँदैछन् । कार्यक्रममा अग्रज कलाकार टीका पहारीलाई नगद पुरस्कारसहित लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरिनेछ भने एवार्ड कार्यक्रमलाई मनोरञ्जक तुल्याउन नेपाली कला संस्कृति झल्कने, नृत्य एवं गीतसँगै विभिन्न प्रहसनसमेत प्रस्तुत हुने बताइएको छ । दोस्रो पटक अमेरिकामा हुन लागेको यो एवार्ड अर्को वर्ष अस्ट्ेरलिया तथा चौथो एवार्ड समारोह दुबईमा गर्ने तयारी आयोजकहरूको छ । 

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्