रुद्र

- साप्ताहिक संवाददाता

श्रावण १३, २०७४-
निर्देशक : रामजी लामिछाने संगीत : दिनेश सुनाम/निखिल उप्रेती कलाकार : निखिल उप्रेती, विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भास्कर ओली तथा अनिल पाण्डे आदि ।

यसपटक एक्सन अभिनेता निखिल उप्रेती नकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन् । आज शुक्रबार देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’मा निखिल नायक होइन, खलनायक भएका छन् । चलचित्र ‘रुद्र’का प्रस्तुतकर्ता पनि निखिल नै हुन् भने यो चलचित्रमार्फत निखिल संगीतकार पनि भएका छन् ।

रामजी लामिछानेको निर्देशन चलचित्र ‘रुद्र’ पूर्णत एक्सन चलचित्र हो, जसमा निखिल प्रेममा परेका एक प्रेम जोडीबीचको बाधाका रूपमा देखिँदैछन् । चलचित्र ‘रुद्र’मार्फत निखिलले चलचित्र क्षेत्रमा दुई अनुहार विश्व शर्मा र सारालाई पर्दापण गराउँदैछन् । चलचित्र ‘रुद्र’को ट्रेलर अनुसार विश्वले पनि आफ्नो पहिलो चलचित्रमै एक्सनमा आफू अब्बल रहेको प्रमाणित गर्ने प्रयास गरेका छन् । सारा पनि रोमान्टिक चलचित्रका लागि संभावना बोकेकी अभिनेत्रीका रूपमा प्रस्तुत भएकी छिन् ।

नेपाली चलचित्रमा पुनर्आगमनपछि निखिल उप्रेतीको चलचित्र ‘भैरव’ले सफलता हासिल गरे पनि त्यसपछिका चलचित्रले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन् । चलचित्र ‘रुद्र’को आफ्नो रौद्र रूप दर्शकले मनपराउने कुरामा अभिनेता उप्रेती विश्वस्त छन् । यो चलचित्रमा सौरभ लामाको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व तथा निर्देशकसमेत रहेका रामजी लामिछानेको नृत्य निर्देशन छ ।  

 

प्रकाशित :श्रावण १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्