यति पैसा त कमाएकै छैनस्

- एजेन्सी

श्रावण १२, २०७४-

फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हुने भिडन्त अहिले विश्वकै लागि चासोको विषय भएको छ । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन अहिले विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम भैरहेको छ । 

आगामी अगस्ट २६ तारिखमा हुने उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, लसएन्जलस, टोरन्टो हुँदै ब्रुकलिनमा पुगेर यो प्रचार सम्पन्न हुनेछ । प्रचारका क्रममा न्युयोर्कमा भएको कार्यक्रममा फ्लोयड र कोर्नरबीच ठूलै चर्काचर्कीसमेत भयो ।

कार्यक्रममा धु्रवीय भालु (पोलार वियर) को ओभरकोट लगाएर प्रस्तुत भएका कोर्नरका अगाडि फ्लोयडले तैले जीवनमा यत्ति पनि पैसा कमाउन सकेको छैनस्, जुन म तेरो अघि यसरी उडाउन सक्छु भनेर कागजका नोट उनको सामुन्ने पुग्ने गरी फ्याँकेका थिए । कोर्नरले त्यसमा प्रतिक्रिया जनाउँदै तँ ५० सेन्टको मान्छे होस् भनेका थिए ।  

 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्