आमा–छोरा बने बाबु–छोरी

- एजेन्सी

श्रावण १२, २०७४-

अमेरिकाको डेट्रोइडमा बस्ने एक परिवारका सदस्यहरूले लिंग परिवर्तन गरेर सम्बन्धको धरातल नै बदलेका छन् । ट्रान्सजेन्डरसम्बन्धी एक वृत्तचित्र हेरेपछि सात सदस्यीय उक्त परिवारको नाता सम्बन्धमा भिन्नता देखिएको हो । प्राप्त समाचारअनुसार पाँच सन्तानकी आमा एरिकालाई विवाहअघि नै महिला भैरहन पटक्कै मन थिएन । उनी आफ्नो स्तनमा क्यान्सर देखिए त्यसलाई फ्याँकेर पुरुष बन्ने सोचमा थिइन्, तैपनि वैवाहिक जीवनमा प्रवेश गरेर उनले लगालग पाँच छोरा–छोरी जन्माइन् । 

उनका छोरा कोरी आफूलाई छोरी महसुस गर्थे । आमा–छोराको कुरा मिल्दै गएपछि कोरीले हार्मोन थेरापी प्रयोग गर्दै आफूलाई छोरीमा परिणत गरिन् । छोरीको कार्यबाट हौसला प्राप्त गरेपछि आमा एरिकाले पनि पहिले हार्मोन थेरापी गरिन् भने पछि स्तन हटाएर उनी एरिकमा परिवर्तित भए । लिंग परिवर्तनपछि पहिलेकी आमा अहिले सबै सन्तानका बाबु बनेका छन् भने छोरा भएर जन्मिएका कोरी छोरी भएकी छिन् । 

 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्