जन्मदिनमा डेभिडको ‘इन्टिमेट’

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७४-
गायक डेभिड शंकरले आफ्नो जन्मदिनमा ‘इन्टिमेट’ लिएर आएका छन् । उनले जन्मदिनको अवसर पारेर दोस्रो एल्बम ‘इन्टिमेट’ बरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा चुडामणि देवकोटा, सङ्गीतकार राजु सिंह, महेश खड्का, विकास चौधरी, लोक गायक तुलसी पराजुली, शंकर अधिकार ‘घायल’ पत्रकार डब्बु क्षेत्री, डेभिडका बुबा भवानी शंकरलगायतको उपस्थितीमा सार्वजनिक गरेका हुन् । 
‘इन्टिमेट’मा डम्बर नेपाली, फराज अर्पण, बिकास चौधरी, शंकर अधिकारी ‘घायल’ पुरन थापा र डेभिडको आफ्नै शब्द संगीत रहेको छ ।  

सुगम सङ्गीतमा आफूलाई अब्बल बनाउँदै लगेका डेभिड पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । २०६२ सालमै पााचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो ।  

 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्