कट्रिनाले मुख खोलिन्

- एजेन्सी

श्रावण १२, २०७४-
कुनै बेला रणवीर कपुर तथा कट्रिना कैफ चलचित्रको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि जोडीका रूपमा चिनिन्थे । यद्यपि अहिले उनीहरू सम्बन्धमा छैनन्, तर अभिनेत्री कैफले उनीहरूको सम्बन्धका बारेमा मुख खोलेकी छिन् ।

कट्रिनाका अनुसार चलचित्रकर्मीका रूपमा उनीहरू अहिले पनि असल साथी हुन् । उनीहरू झन्डै सात वर्ष प्रेमि–प्रेमिकाका रूपमा रहे । पछिल्लो चलचित्र जग्गा जासुसको छायांकनका क्रममा उनीहरूको सम्बन्ध बिग्रिएको कट्रिनाले बताएकी छिन् ।

म सधैं आफ्नो निजी जीवनलाई व्यवसायिक जीवनबाट टाढा राख्न चाहन्थें, कट्रिनाको भनाइ छ– तर म त्यसमा असफल भएँ । कुनै बेला कट्रिनाको नाम अर्का अभिनेता सलमान खानसँग पनि जोडिएको थियो ।  

 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्