शिव खोज्दै अशिष्मा

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७४

गायिका सहिमा श्रेष्ठले यो वर्ष पनि तीज गीत निकालेकी छिन् । श्रेष्ठले गीतको म्यूजिक भिडियो सार्वजनिक गर्दै अरुले भन्दा भिन्न स्वादको गीत ल्याएको बताएकी छिन् । पुरातन शैलीलाई केही पछाडि पार्दै सहिमाले ‘ओम भोला शिवशंकर’ बोलको तीज गीत बजारमा ल्याएकी हुन् । 

उनको यो गीतमा अभिनेत्री तथा मोडल अशिष्मा नकर्मीले आर्कषक नृत्य गरेकी छिन् । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोल नेपाली मौलिकतामा रहेर संस्कृतिको संरक्षण र सम्बर्धनलाई जोड दिने सहिमा र अशिष्माको तर्क छ । 

दिपक शर्माको संगीत तथा किरण केसी क्रोधीको शब्दरचना रहेको यस गीतको अडियो तथा भिडियो बिणा म्यूजिकमार्फत सार्बजनिक भएको हो । सुरेश श्रेष्ठको छायांङकन र सम्पादन निशान घिमिरेले गरेको यस भिडियोमा अविबाहित महिलाहरुले तीजको व्रत बसेपछि वरको रुपमा आकर्षक पुरुषलाई भेट्टाइदिन भगवान शिवलाई गुहार मागिएको छ ।  

भोला शिव शंकर भोला महादेवको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्