डिना वाङदेलको निधन

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४-

कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको मंगलबार अमेरिकामा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित उनको मंगलबार बिहान निधन भएको हो । 

अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङदेललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । ५४ वर्षीया वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान हुन् । डिनाकी आमा, श्रीमान् दिवाकार र दुई छोरा छन् । 

 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्