पुष्पल र शर्मिलाको प्रेम सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४

नेपाली रोमान्टीक गीत ’लभ यू’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पुष्पल खड्का र शर्मिला राईको अभिनय छ भने नेपाली ठिटोज् गु्रपको नृत्य छ ।  राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो डान्सिङ् गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसाग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।

गीतमा सुरेश लामाको स्वर छ भने शंकर थापा ’स्माईल’को संगीत र डिपि खनालका शब्द छन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक सुरेश लामाले आफु निरन्तर नेपाली संगीत क्षेत्रमा लागिरहने प्रतिबद्दता जनाए । उनले दर्शकरश्रोताबाट आफुले माया पाउने बिश्वास व्यक्त गरेका छन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यस गीतको भिडियो अनिल कुमार मानन्धरले छायांकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अमेरिका बस्दै आएकी दीपिका राईले निर्माण गरेकी हुन् ।

लभ युको म्यूजिक भिडियो :

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्