‘पोएट्री पटरी’मा जुटे रंगकर्मीहरु

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४-

अभिनेता, निर्देशक वा लेखक भएर रङ्गमञ्चमा व्यस्त भइरहने रङ्गकर्मीहरु सोमबार भने फरक रुपमा प्रस्तुत भए । उनीहरु कविता बोकेर फरक मञ्चमा उभिए । 

थिएटर मल नाटकघरविहिन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरीस् सुन्ने र सुनाउने श्रृङ्खला’मा उनीहरु कविता बोकेर प्रस्तुत भएका हुन् । थिएटर मलको अस्थायी नयाा स्थान रविभवनस्थित रातो घरको डबलीमा उनीहरुले कवि भन्दा पनि रङ्गकर्मीकै रुपमा कविता सुनाएका हुन् । 

‘रङ्गकर्मीहरु कविता सुन्न र पढ्न असाध्यै रुचाउाछन्, धेरै रङ्गकर्मीहरु कविता लेख्छन् र लेख्ने प्रयत्न गर्छन्’ भन्दै थिएटर मलले ‘पोयट्री पटरी’ को पहिलो श्रृफ्लामा ‘रङ्गकर्मीका कविता’ गरेको हो । जसमा लामो समयदेखि नेपाली रङ्गमञ्चमा सक्रियदेखि पछिल्लो समय आवद्ध भएका रङ्गकर्मीहरु सहभागी थिए । 

तीन जना स्थापित कविहरुलाई अतिथि कविको रुपमा साक्षी राखेर गरिएको कार्यक्रममा ३० जना रङ्गकर्मीले कविता वाचन गरेका थिए । अतिथि कविका रुपमा लक्ष्मी माली, विप्लव प्रतीक र स्नेह सायमीले पनि आफेना कविता सुनाएका थिए ।

 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्