टुर्नामेन्ट डाइरेक्टरसँगको कुराकानी

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४-  

एएफसी यू–२३ च्याम्पिनसिप छनौट खेलेको नेपाली टिमका प्रमुख थिए, सञ्जीव मिश्र । उनी टिमसँगै युएई गएका थिए । उनले प्रत्यक्ष खेल पनि हेरे । के कस्ता कमजोरी देखिए त ? अखिल नेपाल फुटबल संघ (एन्फा) का टुर्नामेन्ट डाइरेक्टर मिश्रसँग यसै विषयमा केन्द्रित रहेर गरिएको पाँच प्रश्न : 
 

के नेपाल सम्मिलित समूह वास्तवमै कठिन थियो ?
यो समूह कठिन भएकोमा कुनै शंका छैन । युएई र उज्वेकिस्तान निकै बलिया टिम हुन् । 

के नेपाली टिमले वास्तवमै खराब खेलेको हो ?
मेरो विचारमा नेपाली टिमले निकै कमजोर खेलेको होइन, तर हाम्रा खेलाडीले आफ्नो योग्यताअनुरूप प्रदर्शन गर्न सकेनन् । त्यसैले नतिजा खराब देखियो । 

हाम्रो तयारी पनि पर्याप्त थिएन हैन ?
पक्कै पनि हाम्रो तयारी पर्याप्त रहेन । हामीले तयारीका लागि धेरै समय दिन सकेनौं । उत्तिकै ठूलो समस्याका रूपमा हाम्रा खेलाडीमा अनुभवको कमी पनि देखियो । 

यू–२३ फुटबलका लागि हामीलाई अलग कार्यक्रमको आवश्यक छ ?
छ, यू–२३ फुटबलका लागि हामीले अलग्गै कार्यक्रम लागू गर्न सक्नुपर्छ । हामी सबैले के बुझ्नुपर्छ भने यू–२३ टिम भनेको राष्ट्रिय टिमको दोस्रो भाग हो, यसलाई रिजर्भ नेसनल टिम पनि भन्न सकिन्छ । 

अब एन्फाले भविष्यमा के गर्नुपर्छ ?
फुटबलमा लिगको निकै ठूलो महत्त्व हुन्छ । अहिले हामी त्यसैमा केन्द्रित हुनुपर्छ । लिग भएपछि मात्र हामीसँग राम्रा युवा खेलाडी छनौट गर्ने राम्रो अवसर र विकल्प हुन्छ । 
 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्