वयष्क साइट हेर्न पासपोर्ट

- एजेन्सी

श्रावण ११, २०७४-  

रूसमा वयष्क वेबसाइटहरूमा रहेका सामग्री हेर्न स्थानीय व्यक्तिहरूले व्यक्तिगत विवरण भएको परिचयपत्र तथा विदेशीहरूले आफ्नो पासपोर्ट नम्बर दिनुपर्ने भएको छ । रूसले गत सेप्टेम्बरमा वयष्क वेबसाइटहरूमाथि प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धपछि पोर्नहबका प्रयोगकर्ताहरूको संख्यामा व्यापक कमी आएको थियो ।

पोर्नहबले उमेरको वर्गीकरण गरेर मात्र आफ्ना सामग्री देखाउने बताएपछि रूसले उमेर परीक्षणको अलग्गै व्यवस्था गरेको हो । यो नियमअनुसार रूसमा बसेर वयष्क वेबसाइट हेर्न चाहनेले सामाजिक सञ्जाल भिकोनटाकेटमा गएर आफ्नो परिचयपत्रको नम्बर राखेपछि स्वत: उमेर थाहा हुन्छ । उमेर पुगेको छ भने उसले आफूले चाहेको वयष्क वेबसाइट हेर्न पाउँछ । 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्