शैक्षिक अवार्ड हुँदै

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४- 

नेपाली शैक्षिक क्षेत्रलाइ प्रोत्साहन गर्ने उद्देश्य स्वरुप नेशनल पावर न्युज एजुकेशन अवार्ड हुने भएको छ । अनलाईन न्युज पोर्टल नेशनल पावरन्युजले भाद्र २४ गते उक्त अवार्ड आयोजना हुने आयोजकले बताएको छ । नेपालमा पहिलो पटक यो अवार्ड कार्यक्रम हुन गइरहेको आयोजकले दावी गरेको छ । नेपाली शैक्षिक संस्थाहरुले विश्व बजारमा प्रतिष्पर्धा गरिरहेको सन्दर्भमा यसलाई अझ व्यापक बनाउन पनि यो अवार्ड कार्यक्रम सहयोगी सिद्ध हुने अवार्ड समारोहका अध्यक्ष माधव राज खरेलले बताए । हाम्रो शैक्षिक क्षेत्रलाई अझ प्रतिस्पर्धी बनाउन तथा उक्त क्षेत्रमा राम्रो गरिरहेकाहरुलाई प्रोत्साहन गर्न तथा राम्रो गर्दै गरेकालाइ हौसला प्रदान गर्न यो अवार्ड कार्यक्रमले सहयोग गर्ने खरेलको दावी छ । 

कुनै पनि क्षेत्रमा हुने यस्ता पुरस्कार तथा अवार्ड कार्यक्रमहरुले सम्बन्धित क्षेत्रको विकास र गुणस्तर वृद्धिमा सघाउ पुग्ने देखिन्छ । त्यसैले पनि बेला बखत यस्ता कार्यक्रमहरुको माध्यमबाट विभिन्न क्षेत्रहरुको श्रृवृद्धिमा टेवा पुर्‍याउन तथा अझ गुणस्तरीय प्रतिष्पर्धी बनाउन सरकार लगाएत तत् तत् क्षेत्रसंग सम्बन्धित संघ संस्था तथा व्यक्तिले यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्ने कार्यक्रम निर्देशक समिर लामाले बताए । 

नेपालमा विभिन्न क्षेत्रमा विधागत अवार्ड कार्यक्रमहरु भइरहेको भएतापनि शैक्षिक क्षेत्रसंग सम्बन्धित संस्थाहरुको हौसला र प्रोत्साहन गर्न हालसम्म यस्तो किसिमको कुनै पनि कार्यक्रम नभएकोले यो कार्यक्रमको लागि शैक्षिक संस्थाहरुनै रोजिएको नेशनल पावरन्युजका सम्पादक तथा यस कार्यक्रमका सदस्य सचिव नवराज दुवाडीले बताए । 

यस अवार्ड कार्यक्रममा उपत्यकाका करिब ७ सय स्कुल तथा कलेजहरुको  सहभागीता रहने आयोजक समितिका सदस्य अर्जुन खरेलले जानकारी दिए । कार्यक्रममा सहभागीताको लागि स्कुल तथा कलेजहरुले देखाएको उत्साहबाट आफुहरुको हौसला निकै बढेको आयोजकले जनाएको छ । उक्त अवार्डको आयोजक समितिमा कमला जोशी, मोतीराज खनाल, पार्वती साउद तथा मनोज वेल्वासे रहेका छन् ।  

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्