धुम २ को ट्रेलर रिलिज

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७४

अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य, निर्माण र निर्देशनमा बनेको फिल्म ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ ।

तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा किम्भे’को सम्पादन छ ।  

यसै फिल्मबाट अभिनयमा डेब्यु गरेकी नायिका सिर्जना भट्टराईले आफू छुच्ची चरित्रमा अभिनय गरेको बताएकी छिन् । अर्का अभिनेता शोभित बस्नेतले फिल्म रमाइलो किसिमको खलचरित्रमा देखिने खुलाए । फिल्ममा कलाकारसमेत रहेका चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले दर्शकले एउटा पूर्ण मनोरञ्जन प्रदान फिल्म हेर्न पाउने जनाए । कार्यक्रममा फिल्मका दुई गीत पनि देखाइइएको थियो ।

धुम २ को ट्रेलर :

 

प्रकाशित :श्रावण १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्