प्रमोद खरेलको नयाँ गीत ‘दैव तरो लीला कस्तो’

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७४-
नेपाली कला क्षेत्रमा लामो समय गुजारेका कलाकार तथा निर्माता आकाश श्रेष्ठ पछिल्लो समय एक म्यूजिक भिडियो देखा परेका छन् । म्युजिक भिडियो हुँदै केहि चलचित्र तथा टेली चलचित्रमा अभिनय तथा लगानी गरेका आकाशलाई मोडल मन्जनाले पछिल्लो पटक सार्वजनिक म्यूजिक भिडियोमा जोडीका रुपमा साथ दिएकी छिन् ।

गीतकार दिनेश सुबेडीको शब्द, संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर भरेका छन् । म्यूजिक भिडियोमा प्रेम वियोग देखाउन खोजिएको छ । निर्माता तथा कलाकर पि,एल श्रेष्ठ ले म्यूजिक भिडियो निर्देशन गरेका छन ।

दैव तेरो लिला कस्तोको म्यूजिक भिडियो:

 

प्रकाशित :श्रावण १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्