ह्याट्रिक गर्ने संगीतकर्मी

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७४-
गायक तथा संगीतकार राजनराज शिवाकोटीले चलचित्र क्षेत्रमा नौलो कीर्तिमान कायम गरेका छन् । नेपालमा पहिलो पटक एक करोड दर्शक पाउने गीत (सुर्के थैली खै) को सर्जकका रूपमा त राजनराजले अघिल्लो वर्ष नै कीर्तिमान बनाइसकेका थिए ।

चलचित्र दुई रुपैयाँको कुटुमा कुटुले पनि एक करोड दर्शक पाएपछि राजनराज यो आँकडा पार गरेर ह्याट्रिक गर्ने पहिलो नेपाली संगीतकर्मी भएका छन् । यसअघि राजनराजकै सिर्जना पूर्व–पश्चिम रेलले पनि करोड दर्शक पाइसकेको छ ।

लगातार तीनवटा गीतले एक करोडको आँकडा पूरा गर्ने क्रममा राजनराजको सांगीतिक व्यस्ततासमेत चुलिएको छ । प्रदर्शनको तयारीमा रहेका थुप्रै चलचित्रका लागि अझ उत्कृष्ट गीतहरू तयार पारिसकेको राजनराजले बताएका छन् ।  

 

प्रकाशित :श्रावण ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्