व्रतमा के खानुहुन्छ ?

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७४-

फलफूल र पानी खाएर व्रत बस्छु । हरेक साउन महिनाभरि माछा–

मासु खाँदिनँ । 

- नन्दिता केसी, अभिनेत्री

म व्रतमा पानी पनि खाँदिनँ तर शरीरले सकेन भनेचाहिँ फलफूल, पानी वा जुस खान्छु । हजुरमुमा तथा मुमाले सानैदेखि निराहार व्रत बस्नुपर्छ भनेकाले मनैदेखि केही खान मन लाग्दैन ।

- सिरु विष्ट, कलाकार

म व्रत त बस्दिनँ तर साउनभरि शुद्ध खाना मात्र खान्छु ।

- रचना गुरुङ शर्मा, कोरियोग्राफर

म बिहान उठेर शुद्ध भै मन्दिर जान्छु, पूजा सकेर फर्किएपछि प्रशस्त पानी पिउनुका साथै फलफूल खान्छु । साँझ आरतीपछि शुद्ध खाना खान्छु । 

- रेखा शाह, गायिका

खासै व्रत बस्दिनँ तर व्रत बस्दा फलफूल र पानी खान्छु । नुन र अन्न भने खादिनँ । भोक–भोकै बसेर शरीरलाई दु:ख दिनु भनेको भगवान्ले उपहार स्वरूप दिएको ज्यान र जीवनको अपमान गरेजस्तो लाग्छ ।

- एलिशा राई, मोडल तथा अभिनेत्री

म तीजको व्रत मात्र बस्छु । तीजको व्रत पानी पनि नखाई निराहार बस्छु । साउनको सोमबार चाहिँ शाकाहारी खाना मात्र खान्छु ।

- रीता कट्टेल, भिजे

 

शारीरिक रूपमा स्वस्थ हुन पनि व्रत बसिरहन्छु तर व्रत भन्दैमा भोकभोकैचाहिँ बस्दिनँ । जुस, फलफूल तथा पानी आदि चोखो खाएर व्रत बस्छु ।

- सविना केसी, गायिका

तीजको व्रतचाहिँ निराहारै बस्छु तर साउनको व्रतमा भने जुस तथा फलफूलहरू खान्छु ।

- लक्ष्मी बस्नेत, मोडल तथा अभिनेत्री

बिहान केही खान्न १२ बजेपछि फलफूल, जुस र सुजीको  हलुवा खान्छु । 

- सीमा पुन शाह, गायिका

बिहान १० बजेसम्म केही पनि खान्नँ । पूजा सकेर चिया, फलफूल खान्छु । बेलुका आरती सकेर मकैको रोटी, ढिडो वा हलुवा खान्छु ।

- योजना पुरी, गायिका

मेरो मुडमा भर पर्छ । कहिले पानी पनि खान्न भने कहिले पानी र जुस खाएर व्रत बस्छु ।

- नीता ढुंगाना, अभिनेत्री

बिहान पूजा सकेर १२–१ बजेतिर फलफूल खान्छु । साँझ पूजा सकेर दूध पिउँछु । पानी पनि नपिई भोकै व्रत बस्दिनँ ।

- माण्डवी त्रिपाठी, गायिका

पहिले धेरै व्रत बस्थें । अहिलेचाहिँ कमै बस्छु । व्रत बस्दा फलफूल तथा गाईको दूध खान्छु ।

- आगन्तुक खरेल, गायिका

खासै व्रत बस्दिनँ तर कहिलेकाहीँ पेट खाली राख्नु स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । त्यसैले बिहान दही र फलफूल खान्छु भने साँझ चिया रोटी खाएर व्रत बस्छु । 

- सुरक्षा पन्त, भिजे तथा अभिनेत्री 

 

प्रकाशित :श्रावण ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्