भगवान् शिवलाई प्रसन्न तुल्याउने उपाय

- साप्ताहिक संवाददाता

श्रावण ९, २०७४-

शिवपुराणमा वर्णन गरिएअनुसार भगवान् शिवलाई प्रसन्न तुल्याउने केही उपाय र लाभ यस्ता छन् : 

 नटुक्रिएको चामल चढाउँदा धन प्राप्त हुने सम्भावना हुन्छ । 

 तिल चढाउँदा पाप नाश हुन्छ ।

 जौं चढाउँदा सुख वृद्धि हुन्छ ।

 गहुँ चढाउँदा सन्तान वृद्धि हुन्छन् ।

उपरोक्त अन्न तथा तेलहन भगवान् शिवलाई चढाइसकेपछि गरिब–गुरुवालाई बाँडिदिनुपर्छ भन्ने शिवपुराणमा उल्लेख छ ।

 

कुन द्रव्य चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?

 शिवलिंगमा जल चढाउँदा ज्वरोमा लाभ हुन्छ भने सन्तान वृद्धिका लागि पनि यो उपाय उत्तम मानिन्छ ।

 दूधमा सख्खर घोलेर चढाउँदा मस्तिष्कको क्षमता वृद्धि हुन्छ ।

 उखुको रस चढाउँदा कामना गरिएका सबै प्रकारका आनन्द प्राप्त हुन्छ ।

 गंगाजल चढाउँदा भोग र मोक्ष दुवै प्राप्त हुन्छ ।

 शिवलिंगलाई महले अभिषेक गर्दा क्षयरोग नाश हुने मान्यता छ ।

 शिवलिंगलाई गाईको शुद्ध घिउले अभिशेक गर्ने हो भने मानिसका सबै किसिमका शारीरिक 

कमजोरी नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ ।

 

कुन फूल चढाउँदा कस्तो फल प्राप्त हुन्छ ?

 शिवलिंगमा सेतो वा रातो आँकको फूल चढाउँदा मोक्ष प्राप्ति हुन्छ ।

 चमेलीको फूल चढाउँदा वाहन सुख प्राप्त हुन्छ ।

 आलसको फूल चढाउने मानिस भगवान् विष्णुको प्रिय हुन्छ ।

 समीको रूखको पात चढाउँदा मोक्ष प्राप्ति हुन्छ ।

 बेलीको फूल चढाउँदा सुन्दर एवं सुशील पत्नी प्राप्त हुन्छिन् ।

 जुहीको फूल चढाउँदा घरमा अन्नको कमी हुँदैन ।

 करविरको फूल चढाउँदा नयाँ पोसाक प्राप्त हुन्छ ।

 शिवलिंगलाई पारिजातको फूलले पूजा गर्दा घरमा सुख एवं सम्पत्तिको श्रीवृद्धि हुन्छ ।

 शिवलिंगमा धतुरोको फूलले पूजा गर्दा कुलको नाम राख्ने सन्तान प्राप्त हुन्छ ।

 शिवलिंगमा रातो डाँठ भएको धतुरो चढाउनुलाई उत्तम मानिएको छ ।

 शिवलिंगमा दुबो चढाएर पूजा गर्दा आयु बढ्छ । 

 

प्रकाशित :श्रावण ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्