आक्रामक प्रचारमा रुद्र टिम

- साप्ताहिक संवाददाता

श्रावण ८, २०७४-

प्रदर्शनको मिति नजिकिदै गर्दा चलचित्र ‘रुद्र’को प्रचारलाई आक्रामक बनाइएको छ । यसै साताबाट प्रदर्शनमा आउने यो फिल्मको प्रचारका लागि फिल्मका नायक निखिल उप्रेती, मुख्य कलाकार विश्व र सारा राजधानी लगायत राजधानी बाहिरका विभिन्न हलमा पुगेका छन् । निर्देशक रामजी लामिछाने, एक्शन निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थसहित विभिन्न हलमा पुगेर नेपाली फिल्मलाई माया गर्दिन र दर्शकलाई फिलम हेरेर प्रतिकृया दिन आग्रह गरिरहेका छन् । 

फिल्मका कलाकार हलमा पुग्दा दर्शक भने कलाकार सँग रमाएका छन् । दर्शको प्रतिकृया बुझेपछि निखिलले ‘रुद्र’लाई दर्शकले साथ दिने विश्वास व्यक्त गरेका छन् । निखिल उप्रेती प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको निर्माता पनि निखिल आफैं हुन् । फिल्मका मुख्य कलाकार अभिनेता विश्व र अभिनेत्री साराले यसै फिल्मबाट चलचित्र नगरिमा डेब्यु गर्दै छन् । 

 

प्रकाशित :श्रावण ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्