चरित्रहत्या गरिनु गलत हो

- साप्ताहिक संवाददाता

श्रावण ७, २०७४-
बिनाप्रमाण चरित्रहत्या गरिनु गलत हो (फ्रन्टपेज : चरित्रहत्याको अर्को श्रृंखला), तर आफूले पनि होसियारी अपनाउनुपर्ने हुन्छ । आफू गलत नभएपछि कसैले औंला ठड्याउन पाउँदैनन् । 
- सुजित मनिकार

हल्लाका भरमा समाचार बनाइनु हुँदैनथ्यो (गजुरियल विश्लेषण : पुरस्कार– १५ सय) । गृह मन्त्रालयले यस विषयमा प्रस्ट पारिसकेको छ । अनलाइन मिडियासम्बन्धी कडा कानुनको आवश्यकता भैसकेको छ । 
-दीपक सुवेदी

हेर्ने आँखा र बुझ्ने मनचाहिँ हुनुपर्छ (युवा मन : प्रेमका भिन्न रूप) । हो, प्रेम धेरै चरणबाट गुज्रन्छ । असली प्रेमलाई कुनै पनि चिजले छेक्न सक्दैन । 
- विराज खत्री

नेपाली रंगमञ्चमा घिमिरे युवराजजस्तै युवाहरूको खाँचो छ (यात्रा सन्दर्भ : जोखिमको खोजमा युवराज) । राज्यले कला, साहित्य तथा रंगमञ्चमा पर्याप्त लगानी गरेको पाइँदैन । जति लगानी छ, त्यसको परिणाम पनि सन्तोषजनक छैन । 
- दिनेश महरा

नेपाली चलचित्र निर्माताहरूले सुन्दर नयाँ गन्तव्य पहिल्याउन सकेका छैनन् (अन्तर्वार्ता : नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट लोकेसन) । चलचित्र छायांकनका लागि विदेशका कलाकारहरू नेपाल आइरहन्छन्, तर नेपाली मिडियाले त्यसको सुँइको समेत पाउँदैनन् । 
- इन्दु पन्त

हास्यकलाकारहरूको यो चलचित्र देशभर प्रदर्शन हुनुपर्छ (सानो पर्दा : छोटो चलचित्रमा धुर्मुस–सुन्तली) । सरसफाइसम्बन्धी जनचेतना जगाउनु जरुरी छ ।
- अनुभव रेग्मी

पुराना नोटसम्बन्धी सामग्री रोचक लाग्यो (पुराना नोटको प्रदर्शनी) । यसले नयाँ पुस्ताले बिर्संदै गएको इतिहासका सम्बन्धमा पनि जानकारी दिएको छ । नक्कली नोटबाट सुरक्षित हुन मुद्रा संकलक संघले चालेको कदम सकारात्मक छ ।
- किशोर शिल्पकार

ह्याकिङबाट जोगिने सजिलो उपाय थाहा पाइयो (साइन्स एन्ड टेक्नो : ह्याकिङको बिगबिगी) । पटक–पटक ह्याकिङका घटना घटिरहन्छन् । महत्वपूर्ण डाटा जोगाउन सरकारी कार्यालयहरूले सावधानी अपनाउनुपर्ने देखिन्छ । 
- अमर कार्की

नयाँ कीर्तिमान राख्न सफल हुनुभएकोमा आलोकजीलाई बधाई छ (सानो पर्दा : लामो रेडियो बहस) । आफ्नो उचाइ कायम राख्नुहोला । 
- पेम्बा लामा

डान्स प्लस सिजन–३ मा पुग्न सफल भएकोमा नेपाली समूहलाई बधाई छ (डान्स प्लसमा अर्को नेपाली समूह) । जित हात परोस्— शुभकामना । 
- रामकृष्ण अर्याल

१ लाख रुपैयाँका लागी मानिसको ज्यानै जान सक्ने काममा हातहाल्नु एकदम गलत थियो (अपराध : हनी ट्रयापर पूजाको बयान, १ लाखका लागि अपराधमा संलग्नता) जीवनभर पछुताउने काम गर्नुभन्दा आफ्नै अलग उद्यम गरेको भए बेस हुन्थ्यो ।
-मदन अधिकारी 

 

प्रकाशित :श्रावण ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्