मेरी कुसुम

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७४-

निर्देशक : एनआर घिमिरे संगीत : टंक बुढाथोकी

कलाकार : मोहन बोगटी तथा हर्षिका श्रेष्ठ आदि ।

नायिका हर्षिका श्रेष्ठ विवाहपछि नेपाली चलचित्रबाट लगभग हराइसकेकी थिइन् । आज शुक्रबार हर्षिकाद्वारा अभिनीत पछिल्लो चलचित्र ‘मेरी कुसुम’ प्रदर्शनमा आउँदैछ । चलचित्र ‘मेरी कुसुम’मा हर्षिकाले यही चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गर्न लागेका अभिनेता मोहन बोगटीसँग स्क्रिन सेयर गरेकी छिन् ।

चलचित्र ‘मेरी कुसुम’मा सामान्य परिवारकी युवती कुसुम र उसँग विवाह गर्न तयार एक सम्पन्न परिवारको युवकबीचको प्रेम र प्रेममा पर्ने अप्ठ्याराहरूलाई केलाइएको छ । दिव्यराज सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रितम पाण्डेको सम्पादनको चलचित्र ‘मेरी कुसुम’पछि अभिनेत्रीका रूपमा पहिले पनि खासै जम्न नसकेकी हर्षिका श्रेष्ठको विवाहपछिको करियर अघि बढ्ने विश्वास लिइएको छ । 

 

प्रकाशित :श्रावण ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्