डा. खाते

- साप्ताहिक संवाददाता

श्रावण ६, २०७४-
निर्देशक : रवि आर. अर्याल, संगीत : सचिन सिंह
कलाकार : प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार, सम्राट सापकोटा, विजय देउजा तथा शिल्पा पोखरेल ।
 

सडक बालबालिका जसलाई हेयपूर्वक खाते भन्ने गरिएको छ, को दु:ख, पीडा र उनीहरू सडकमा आइपुग्नुका कारणहरू केलाउँदै नेपालमा केही चलचित्र तथा वृतचित्र निर्माण भैसकेका छन् । निर्मल शर्माद्वारा निर्देशित चलचित्र ‘चकलेट’ पनि सडक बालबालिकामै केन्द्रित छ । आज शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘डा. खाते’मा पनि सडक बालबालिकाहरूकै समस्या उठाइएको छ ।

चलचित्र जाँचपास समितिले केही वर्षअघि चलचित्रमा प्रयोग हुने भाषामा सुधार गर्ने क्रममा सडक बालबालिकाहरूलाई खाते भन्न नमिल्ने बताएको थियो, चलचित्र ‘डा. खाते’मा भने खाते शब्द शीर्षकमै प्रयोग भएको छ । चलचित्र ‘डा. खाते’मा विभिन्न पारिवारिक कारण तथा बदमासी गरेपछि सडकमा पुग्ने बालबालिकाहरूलाई समाजका ठालुहरूले कसरी प्रयोग गर्छन् ? भन्ने कुरा केलाइएको छ । ‘डा. खाते’मा सचिन सिंहको संगीत, दिव्यराज सुवेदीको छायांकन हेर्न–सुन्न पाइन्छ ।  

 

प्रकाशित :श्रावण ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्