एकल गायनमा अञ्जु पन्त

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७४-

लोकप्रिय गायिका अञ्जु पन्त पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक रेकर्डिस्ट एसोसिएसन तथा अञ्जु पन्त फाउन्डेसनको संयुक्त आयोजनामा गायिका पन्तलाई एकल गायन कार्यक्रममा प्रस्तुत गर्न लागिएको जानकारी गराइयो ।

‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ शीर्षक राखिएको उक्त कार्यक्रम भदौ २४ गते कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न हुनेछ । कार्यक्रममा गायिका पन्तले डेढ दर्जनजति गीत प्रस्तुत गर्नेछिन् । गायिका पन्तले कार्यक्रमबाट संकलित रकम रेकर्डिस्टहरूको संस्था तथा आफ्नो फाउन्डेसनमार्फत बालबालिकाका लागि खर्च गर्ने बताइएकी छिन् । 

 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्