फिल्ममा नआएको भए एयर होस्टेस हुन्थें

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७४- अभिनेता सुशील श्रेष्ठको प्रश्न अभिनेत्री स्यारोन श्रेष्ठको उत्तर 
नायक–नायिका, चलचित्र सायद–२

सुशील : सायद–२ बाट कस्तो आशा गरेकी छौ ?
स्यारोन : आशा त धेरै नै छ किनभने यो मेरो डेब्यू चलचित्र हो । मलाई आशा छ दर्शकहरूले राम्रो प्रतिक्रिया दिनु हुनेछ । 

सुशील : सायद–२ मा अनुबन्ध हुँदा तिम्रो अपोजिटमा कसलाई एक्सपेक्ट गरेकी थियौ ? 
स्यारोन : सायद–२ मा अनुबन्ध हुने क्रममै मलाई थाहा थियो, मेरो जोडी को हुनेछ भनेर । त्यसैले मैले त्यसका लागि सोच्नै परेन । 

सुशील : छायांकनको कुन कुरा सबैभन्दा बढी मिस हुन्छ ? 
स्यारोन : सबैभन्दा बढी त म सुटिङ क्रूलाई नै मिस गरिरहेकी छु, जोसँग मैले एक महिनाभन्दा बढी समय बिताएँ । त्यसबाहेक मैले छायांकनको क्रममा पुगेको मनाङलाई पनि मिस गरिरहेकी छु । 

सुशील : तिम्रो दोस्रो चलचित्रको तयारी कस्तो छ ? 
स्यारोन : दोस्रो चलचित्रका बारेमा मैले अहिले नै केही सोचेकी छैन । कति समयपछि म दोस्रो चलचित्रमा आबद्ध हुन्छु भन्ने पनि थाहा छैन । यतिबेला चाहिँ म आफ्नो सम्पूर्ण ध्यान एयर होस्टेसको प्रशिक्षणमा दिइरहेकी छु । 

सुशील : अर्को चलचित्रमा हाम्रो जोडी दोहोरिने सम्भावना कत्तिको छ ? 
स्यारोन : म यस विषयमा केही भन्न सक्दिन किनभने भविष्यमा के हुन्छ, कसैलाई थाहा हुँदैन । यद्यपि हाम्रो जोडी पुन: दोहोरिने सम्भावना निकै कम छ । 

सुशील : कोसँग कपलका रूपमा काम गर्ने चाहना छ ? 
स्यारोन : अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने चाहना छ । 

सुशील : चलचित्रमा नआएको भए अहिले तिमी के गर्दै हुन्थ्यौ ? 
स्यारोन : यदि म चलचित्रमा नआएको भए एयर होस्टेसको सम्पूर्ण तयारी पूरा गरिसकेकी हुन्थें । 

 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्