एपमा आउँदैछ फेसबुक लाइभ

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७४-

आफूले ल्याएको फेसबुक लाइभ बटनलाई अत्यधिक फलोअर्सले प्रयोग गर्न थालेपछि फेसबुकले भिडियो लाइभलाई अलग्गै एपका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । फेसबुकले हालै भिडियो कन्फरेन्समार्फत आफूले ल्याउन लागेको फेसबुक लाइभ एपमा धेरै किसिमका फिचरसमेत रहने जनाएको छ । ती फिचरहरूको नोटिफिकेसन फेसबुकले आफ्नै मेन्सन्स एपमा दिने जनाएको छ ।

मेन्सन्स एप फेसबुकले अहिले सेलिब्रेटीहरूका लागि भनेर तयार पारेको एप हो । यो एपमार्फत सेलिब्रेटीहरूले आफ्ना प्रशंसकहरूसँग लाइभ कुराकानी गर्न सक्छन् । सम्भवत: आगामी वर्ष सर्वसाधारणले प्रयोग गर्न पाउने यो एपमार्फत लाइभ भिडियोलाई फेसबुकका विभिन्न प्लेटफर्म मेसेन्जर, पेज, इन्स्टाग्राम तथा मेन पेजमा एकै पटक लाइभ गर्न सकिनेछ । त्यसबाहेक लाइभ भिडियोमा प्रयोगकर्ताले भिडियो प्रसारण भैरहेको समयमा कस्टम स्टिकर, इन्ट्रो, आउट्रोज आदि पनि समावेश गर्न सक्छन् ।  

 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्