बीबीको कमाल

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७४

बीबी फुयाँल नेपाली चलचित्रका युवा निर्देशक हुन् । बीबीले नेपाली क्रिकेटमा आधारित ‘च्याम्पियन’ सहित झन्डै आधादर्जन चलचित्र निर्देशन गरिसकेका छन् । यतिबेला भने यी युवा चलचित्रको निर्देशनको साटो चलचित्रको छायांकन स्थललाई व्यवस्थित बनाउने अभियानको अन्तिम चरणमा छन् । नेपालमा सेट लगाएर छायांकन गरिने ट्रेन्ड विकसित भएसँगै फुयाँलले एउटै छानामुनि हरेक प्रकारका छायांकन गर्न सकिने अत्याधुनिक स्टुडियो तयार पारेका हुन् ।

नेपाली चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मले छायांकन स्थलको अभाव महसुस गरिरहेको पृष्ठभूमिलाई ध्यान दिँदै फुयाँलले आफ्नो एकल प्रयासमा भक्तपुरमा एउटा सुविधासम्पन्न स्टुडियो निर्माण गरेका छन् ।

मध्यपुर थिमीको राधे राधे नजिकै उनले निर्माण गरेको फुयाँल सुटिङ स्टुडियोको घुम्टो केही दिनमै उघारिँदैछ जहाँ उनले एउटा बहु तल्ले भवनमा बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा उपलब्ध गराएका छन् । स्टुडियो निर्माणका लागि झन्डै एक वर्ष खर्चिएका फुयाँलले उक्त स्टुडियोलाई अन्तर्राष्ट्रियस्तरको समेत भनेका छन् ।  

 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्