दोस्रो 'राष्ट्रिय एफपीजीए डिजाइन प्रतियोगिता २०१७' सम्पन्न

- साप्ताहिक संवाददाता

श्रावण ४, २०७४-  

गत असार ३१ ललितपुरको बालकुमारीस्थित काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ्ग एन्ड म्यानेजमेन्टमा दोस्रो राष्ट्रिय एफपीजीए ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ बिषयक डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । 


डिजाइन प्रतियोगितामा ख्वोप ईन्जिनियरिङ कलेजका रुकेश प्रजापतीले प्रथम स्थान हात पार्दै पुरस्कार १६ हजार रुपैंयाँ हात पारेका छन् । त्यस्तै थापाथली क्याम्पसका आशुतोष कर्ण, सुश्मा पोखरेल र आयुश शाहले दोस्रो पुरस्कारबापत  ८ हजार रुपैंयाँ र नेपाल ईन्जिनियरिङ कलेजका राजन कानु बनियाँ र अभिदनजंग थापाले तेस्रो पुरस्कार स्वरुप ५ हजार रुपैंयाँ प्राप्त गरेका छन् । 

 

उक्त प्रतियोगितामा ९ वटा समुह भाग लिएका थिए । विजेताहरूलाई एफपीजीएको तालिमको पनि व्यवस्था गरिएको छ । यो प्रतियोगिता काठ्फोर्ड इन्टरनेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, नेसनल कलेज अफ ईन्जिनियरिङ सगरमाथा ईन्जिनियरिङ कलेज, काठमाडौँ ईन्जिनियरिङ कलेज र डिजिट्रोनिक्स नेपालको सह–आयोजनामा सम्पन्न भएको हो ।

 

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा ईलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा ज्ञान र सीपको अभिबृद्धि गर्नु हो । साथै ईलेक्ट्रोनिक्स डिजाइन क्षेत्रमा अनुसन्धान र विकासको स्तरलाई बढावा दिएर नेपाली इन्जिनियर तथा प्राविधिकका लागि अवसर खोज्नु रहेको छ ।


आयरल्यान्डस्थित जिलिन्क्स इंकका दिपेशमान शाक्य भन्छन्, ‘यो प्रतियोगिताले एफ.पि.जि.ए प्रबिधिको नेपालमा विकास गर्नका लागि एउटा कोशेढुङा साबित भएको छ ।’


एफ.पि.जि.ए प्रबिधिको विकासले नेपालमा एलेक्ट्रोनिक्स्, कम्प्युटर र एलेक्ट्रिकल ईन्जिनियरिङ बिधामा रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने कुरामा यस प्रतियोगिता का मुख्य अतिथि डा. सुरेन्द्र श्रेष्ठको रहेको छ । र, काठ्फोर्ड इन्टरनेश्नल कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल डा. मधुसुदन कायस्थका अनुसार प्रतियोगिहरुले आफ्नो कामलाई बिभिन्न कार्यक्रममा लगेर प्रस्तुत गरेका थिए ।


यो प्रबिधिलाई नेपालमा अगाडि बढाउनको लागि डिजिट्रोनिक्स नेपाल बिगत चार बर्ष देखी लागिपरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरुमा अझ बढी हौसला दिएको कम्पनीले जनाएको छ ।

प्रकाशित :श्रावण ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्