ट्यालेन्ट शोमा मिसेस् नेवा: २०१७

- साप्ताहिक संवाददाता

श्रावण ४, २०७४- 

नेवार समुदायका विवाहित महिलाहरुमा केन्द्रित सौन्दर्य, बौद्धिकता, प्रतिभा र सांस्कृतिक सचेतना सम्बन्धीत ‘मिसेस् नेवा:’ प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा नजिकिंदै गएसंगै प्रतियोगिता सम्बन्धीत विभिन्न गतिविधिले तीव्रता पाएको छ । 

यही परिप्रेक्षमा प्रतियोतिगा अन्तर्गतको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । प्रतिभा प्रदर्शनका क्रममा प्रतियोगिताका १५ जना सहभागिहरुले गायन, अभिनय, नृत्य, वक्तृत्व कला लगायतको माध्यमबाट आ आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतिस्पर्धीहरुको सहभागिता रहेको पहिलो संस्करणको मिसेस् नेवा: को अन्तिम प्रतिस्पर्धा यही शुक्रबार साउन ६ गते संचालन हुादैछ । 

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने यो प्रतियोगितालाई केटिएम इभेन्ट्स एण्ड म्यानेज्मेन्टले आयोजना गर्न लागेको हो भने कार्यक्रम म्हसिका नामक समूहको व्यवस्थापकीय जिम्मेवारीमा सम्पन्न हुनेछ । 

 

प्रकाशित :श्रावण ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्