वाह चाँदनी

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७४-

कुनै बेला मिस राजधानीको उपाधि जितेर मोडलिङमा सक्रिय हुने युवती हुन्– चाँदनी लामिछाने । झन्डै १० वर्षअघि मोडलका रूपमा आफ्नो यात्रा प्रारम्भ गर्ने चाँदनीले चलचित्र, म्युजिक भिडियो तथा टिभिसीमा समेत अभिनय गर्ने अवसर प्राप्त गरिन् । आठ वर्षअघि मिस्टर एन्ड मिस काठमाडौंको कोरियोग्राफी गर्दा उनको उमेर १८ वर्ष मात्र थियो । उक्त प्रतियोगितासँगै चाँदनीले आफूलाई नेपालकै कान्छी कोरियोग्राफर समेत बनाइन् ।

सौन्दर्य प्रतियोगिताकी महिला कोरियोग्राफरका रूपमा सक्रिय चाँदनीले ‘मिस्टर वल्र्ड नेपाल’ को समेत कोरियोग्राफी गरिसकेकी छिन् । चाँदनीले अहिले आएर कोरियोग्राफीमा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण लिने मौका पाएकी छिन् । त्यसका लागि उनी केही समयपछि नै युरोपको एउटा प्रतिष्ठित मोडलिङ एजेन्सीमा प्रशिक्षार्थी कोरियोग्राफरका रूपमा आबद्ध हुनेछिन् ।

उक्त प्रशिक्षणपछि नेपालमा अन्तर्राष्ट्रियस्तरको कोरियोग्राफीको ट्रेन्ड प्रारम्भ हुनेछ– चाँदनी भन्छिन्– ६ महिनाको उक्त प्रशिक्षण लिने उनी नै पहिलो नेपाली हुन् ।  

 

प्रकाशित :श्रावण ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्