सुजन र पूजा बने मिष्टर एण्ड मिस क्रिएटिभ

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७४-
पछिल्लो समय सौन्दर्य  प्रतियोगीताहरु निक्कै हुने गरेका छन् । पहिला घर भित्रै खुम्चिएर बस्ने छोरीहरुले विभिन्न खाले सौन्दर्य  प्रतियोगीतामा सहभागीता गराउँदै आफ्नो विकास गरिरहेका छन् । यहि सिलसिलालाई निरन्तरता दिदै  तीनकुनेस्थित रोयल ब्याङ्क्वेट एण्ड इभेन्ट्समा मिष्टर एण्ड मिस क्रियटिभ २०१७ नामक प्रतियोगिता सम्पन्न भएको छ ।

क्रियटिभ मोडल हन्टको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सुजन लामा र पूजा गिरीले शीर्ष उपाधि जित्न सफल भएका छन् । मिष्टर क्रियटिभको शीर्ष उपाधि बाहेक सुजनले फोटोजेनिक, वेष्ट वाक र वेष्ट फिजिकको अवार्डमा आफ्नो नाम दर्ता गराउन सफल भए भने मिस क्रिएटिभ बनेकी पूजाले पर्सनालिटी विधाको अवार्ड पनि जितिन् । 

प्रतियोगितामा मोस्ट ह्यान्डसमको अवार्ड सहित विराट विजय ओझा फस्ट रनर अप तथा मोस्ट ब्युटिफुलको अवार्ड सहित शिवानी तण्डुकार फस्ट रनर अप विजेता चयन भएका थिए । यसैगरी सेकेन्ड रनर अप तर्फ राकेश खड्का र तारा बस्नेत विजयी बने । राकेश मोस्ट ट्यालेन्टेड, भिअर च्वाइस र म्यानेज्मेन्ट च्वाइस विधामा पनि अब्बल ठहरिए भने ताराले वेष्ट फिगर र वेष्ट ड्रेस विधाको अवार्डमा आफ्ना नाम दर्ता गरिन् । 

प्रकाशित :श्रावण ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्