म्यान अफ द वल्डमा डा. श्री राम चन्द

- साप्ताहिक संवाददाता

श्रावण २, २०७४- 

मास्कुलिनिटी विथ रेस्पोन्सिबिलिटी अर्थात् जिम्मेवारी सहितको सुगठित शरीरको नारामा यसैवर्ष देखि आरम्भ हुने पुरुष बौद्धिकता, सुन्दरता र व्यक्तित्वको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वल्ड २०१७’ मा नेपालका तर्फबाट डा. श्री राम चन्दको सहभागिता हुने भएको छ । यही जुलाई १९ देखि २९ सम्म फिलिपिन्समा संचालन हुने यस प्रतियोगिताका लागि डा. चन्द जुलाई १८ मा त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी जुलाई २८ तारिखकमा फिलिपिन्सको पसाए शहरको वन् इस्प्लानाडेमा संचालन हुने प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा डा. चन्दले विश्वभरिका दुई दर्जन भन्दा बढी मुलुकका सहभागिहरुसंग प्रतिस्पर्धा गर्ने छन् । 

तनहुाका स्थानीय वासिन्दा डा. श्री राम चन्द पेशा चिकित्सक हुन् र उनी तनहुा व्यास नगर हस्पिटलमा मेडिकल अफिसरका रुपमा कार्यरत छन् । ५ फिट १० इन्च उाचाईका २५ वर्षिय डा. चन्दले म्यान अफ द वल्र्डको सहभागिताका लागि कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिता सम्बन्धी अभिमुखीकरण तथा ग्रुमिङ प्राप्त गरेका हुन् ।

यसैगरी प्रतियोगिताका लागि फिटनेस सम्बन्धी ट्रेनिङ भने फिटनेस गुरु गंभीर जंग रायमाझीबाट लिएका थिए । मोडलिङ अत्यन्त रुचि राख्ने डा. चन्दले यस अघि मिष्टर नेपाल २०१७मा सहभागिता जनाएका थिए । जसमा उनले थर्ड रनर अप तथा मिष्टर स्पोर्टस् विधाको अवार्ड जितेका थिए । म्यान अफ द वल्र्डका लागि डा. चन्दको छनौट, संयोजन र व्यवस्थापन प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था अवतार इन्टरनेसलले गरेको हो । अवतार इन्टरनेसल पूर्व मिष्टर नेपालद्वय सन्दिप पोखरेल र सुरज चिलवालले संचालन गर्दै आएको संस्था हो ।  

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्