मिस एशियाको ताज उकुशा गिरीलाई

- साप्ताहिक संवाददाता

श्रावण २, २०७४-  

राजधानीमा सम्पन्न भएको मिस एशिया नेपाल २०१७ नामक सौन्दर्य प्रतियोगिताको ताज उकुशा गिरीले उचालेकी छिन् । उनले प्रतियोगिताको मुख्य उपाधि विजेता संगै पर्सनालिटी विधाको अवार्ड समेत जितेकी छिन् । 

१४ प्रतिस्पर्धीहरुको उपाधि भिडन्त परिक्षा विष्ट फस्ट रनर अप चयन भइन् भने वेष्ट ड्रेस र पपुलर विधाको अवार्ड सहित जानकी श्रेष्ठ सेकेन्ड रनर अप विजेता बनिन् । राजधानी शहरको त्रिपुरेश्वरस्थित मुड्स लाउन्ज एण्ड हेरिटेज रिगलमा नेक्स्ट इभेन्ट इन्टरनेसलले आयोजना गरेको सो प्रतियोगितामा नेहा विष्ट मिस बब्ली र चार्मिङ, सुमी सौम्यता वेष्ट वाक, कृषा श्रेष्ठ कन्फिडेन्ट, सुष्मा ठकुरी ट्यालेन्ट, रोजिना ठकुरी फोटोजेनिक विधातर्फ उत्कृष्ट चयन भएका थिए । 

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्