न्युयोर्क शहरमा ‘द एज’को उत्तेजीत प्रस्तुती

- शिव शर्मा

श्रावण २, २०७४-

न्युयोर्कमा रहेका नेपाली तन्नेरी गत साता मेलरज बलरुममा पप गीत सँगै मस्तले रमेका छन् । शनिबार रकिङ ब्यान्ड द एजले प्रवासीले नेपालीलाई आफ्नो गीतसंगीतमा नचाएको हो । लाईटस आउट इन्टरटेनमेन्टले चाजोपाजो मिलाएको  रक मञ्चमा ब्यान्डका भोकलिष्ट जीवन गुरुङले आफना हिट नम्बर दिदै सबैलाई नचाएका हुन् । 

चार घन्टा ननस्टप  रक गीतले सर्बाधिक चर्चा ‘बटुलेको मेरो आसु’बोलको गीत गाउँदा दर्शकले सँगै गीत गाएर साथ दिएका थिए ।  सम्झिने मुटु पाए हुन्थयो, पागल नभन, प्रेम संग हारे, नचाहेको हैन तिमीलाई, लगायत दर्जनौ लोकप्रिय गीतले कन्सर्टलाई रकिङमय तुल्याए ।  उनले आउँदै गरेको नयाँ  एल्ब्मको गीत पनि गाएका थिए । 

ब्यान्डका गिटारिष्ट, ड्रमरले पनि आकर्षक तवरले आफनो प्रस्तुती दिदै  गायकीलाई उत्तेजीत बनाए ।  गीतमा झुमेका तन्नेरी दर्शकले प्राय हरेक गीतमा वान्समोर भन्दै हुटिङको वर्षा गराएका थिए । पहिलो पटक आफनो लाइभ प्रस्तुतीका लागी अमेरिकाका पुगेको पोखरेली ब्यान्ड एजले मुख्य सहर न्युयोर्कबाट आफनो लाइभ प्रस्तुती दिएको हो । 

                                               

 

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्