सिक्का जम्दैछ निधिको

- साप्ताहिक संवाददाता

श्रावण २, २०७४-
अहिले भारतीय मोडल निधि अग्रवालका लागि बलिउडको ढोका खुला भएको बताइन थालेको छ । निधिले आफ्नो पहिलो चलचित्र मुन्ना माइकल मा टाइगर श्राफसँग रोमान्स गरेकी छिन् । यो एक्सन–ड्रामाको निर्देशन शब्बीर खानले गरेका हुन्, जसका गीत श्रोताहरूले मन पराउन थालेका छन् ।

उक्त चलचित्रको प्यार हो गीतको एउटा झलक निधिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्, जसमा उनी ग्ल्यामरस ब्याकलेस गाउनमा देखिन्छिन् । उक्त गीतको छायांकन जोर्डनमा गरिएको हो । यो चलचित्र २१ जुलाईमा प्रदर्शनमा आउँदैछ । 

 

प्रकाशित :श्रावण २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्