सन्ध्याले जितिन् आई क्यान डान्सको उपाधि

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४-
आस्था आर्टस् एकेडेमीले आयोजना गरेको नृत्य सम्बन्धी रियालिटी शो आई क्यान डान्सको उपाधि सन्ध्या श्रेष्ठले जितेकी छन् । उनले ट्रफीका साथमा स्कुटी र एक लाख रुपैयाा नगद पाइन् । राजधानीको प्रज्ञाभवनमा भएको फाइनलमा उनले दोस्रो भएकी मिङ्मा डोल्मा शेर्पाको भन्दा एकदमै झिनो अन्तरले बढी अंक प्राप्त गरिन् । प्रतियोगितामा दोस्रो भएकी शेर्पाले नगद ५१ हजार रुपैयाा र ल्यापटप प्राप्त गरिन् । 

प्रतियोगितामा प्रिष्का रजौरे तेस्रो भइन् । उनले २५ हजार रुपैयाा नगद र ट्याब पाइन् । प्रतियोगिताको फाइनलमा ६ जना प्रतिष्पर्धीहरु थिए । अन्तिम प्रतिष्पर्धामा नमुना श्रेष्ठ चौंथो, रुबिना नकर्मी पााचौ र राज मगर छैटौं भए । 

विजयी भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि युवा चलचित्र निर्माता महेन्द्र कुमार पौडेल (रमेश), आस्था आर्टस् एकेडेमीकी संरक्षक प्रथम नायिका भुवन चन्द, वरिष्ठ सञ्चारकर्मी माइकल चन्द आस्था आर्टस् एकेडेमीका अध्यक्ष रमेश थापा लगायत संस्थाका अन्य सदस्यहरुले पुरस्कारहरु प्रदान गरेका थिए । अन्तिम प्रतिष्पर्धामा छानिएका प्रतियोगितहरुको मुल्यांकन ५० प्रतिशत उनीहरुले पाएको जनमत र ५० प्रतिशत निर्णायकको अंकको आधारमा गरिएको थियो । अन्तिम प्रतिष्पर्धामा वरिष्ठ कलाकार मिथिला शर्माका साथमा सागर लोप्चन, सुजित श्रेष्ठ, प्रेम श्रेष्ठ लगायत निर्णायकका रुपमा थिए ।

कार्यक्रममा प्रतियोगीहरुले निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथमा राजेशपायल राई, मिना निरौलाले पनि सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुसाल, पहिलो रंगिन चलचित्रकी नायिका चैत्यदेवीको पनि उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले प्रथम भएकी सन्ध्यालाई आफ्नो चलचित्रमा काम गर्ने मौका दिने उद्घोष गरे । त्यस्तै आस्था आर्टस् एकेडेमीका अध्यक्ष रमेश थापाले सबैले मेहनत गरे पनि विजयी एक जना मात्र हुने भएकाले खुशी हुनुपर्ने बताए । उनले नृत्य मनोरन्जन मात्र नभएर शिक्षा पनि भएको बताए । उनले कार्यक्रमको सुरुमै यो नृत्य प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए । 

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्