कृको कौतूहल

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४-
यतिबेला चलचित्र क्षेत्रमा कृ को चर्चा चुलिएको छ । चलचित्रका दुई पोस्टरमा अभिनेता अनमोल केसीको पृथक शैली दर्शकले मन पराएपछि यो चलचित्र प्रतीक्षाको सूचीमा समेत परेको छ । अनमोलको सिक्स प्याक देखिने तस्बिर सहितको उक्त पोस्टर दर्शकको कौतुहलता जनाउन सफल छ । कात्तिक ३ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा अनमोलले ज्यान बनाउन प्रसस्त मेहनत गरेको कुरा छर्लङ भैसकेको छ ।

लामो हेयर स्टाइलमा अनमोललाई एक्सन गेटअपमा प्रस्तुत गरिएकाले कृ एक्सन प्रधान चलचित्र भएको अनुमानसमेत गरिन्छ । झन्डै तीन करोड रुपैयाँको लागतमा निर्माण भैरहेको यो चलचित्रले राम्रो व्यवसाय गर्न सक्ने सम्भावनासमेत व्यक्त गर्न थालिएको छ । सुरेन्द्र पौडेलद्वारा निर्देशित कृमा अनमोलसँगै अभिनेत्री अदिति बुढाथोकीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।  

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्