गायिका शुशिला पाठकको ‘सप्तरंगी’ सार्वजनिक

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४-

पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेकी नायिका जस्ती सुन्दरी गायिका शुशिला पाठकको  पहिलो गीति एल्बम ‘सप्तरंगी’ बजारमा आएको छ । बरिष्ट गायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथानिर्देशक लब कार्की लगायतका अतिथिको उपस्थितीमा उनको एल्वम सार्वजनिक गरिएको हो । विमोचन कार्यक्रममा उपस्थित प्राय सबै अतिथिले गायिकाको गायन शैलीदेखि शब्द चयन सबै पक्षको प्रशंसा गरेका थिए । उनको स्वर र संगीतले नेपाली सांगीतिक क्षेत्रामा अलग्गै पहिचान बनाउने भन्दै सबैले शुभकामना दिएका थिए । आफ्नो पहिलो प्रयासले सबैको मन जित्ने गायिका शुशिलाले विश्वास व्यक्त गरेकी छिन् । 

   

सप्तरंगी एल्बममा जम्मा पांच वटा गीतहरु रहेको र दुइ वटा ट्रयाक रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको । एल्वममा शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, कारण राज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ । एल्वममा समावेश ‘हलक्क ज्यान बढ्यो’बोलको एक गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । भिडियोमा नब मोडल भुपेन पाठक तथा नायिका रिमा बिस्वकर्माले अभिनय गरेका छन् ।

को बेजोड अभिनय रहेको छ । 

हलक्कै ज्यान बढ्योको भिडियो हेर्नुहोस :  

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्