साउनमा मुख बार्नुहुन्छ, किन ?

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४-

म शाकाहारी हुँ र भगवान् शिवको भक्त पनि । वर्ष दिनसम्म सेवन गरिएका अशुद्ध खान्कीका कारण उत्पन्न विकारबाट शरीरलाई मुक्त गराउन भए पनि म साउन महिनाभरि मुख बार्छु ।

राजसागर, गायक

मज्जाले बारिन्छ र त्यसको कारण पनि छ । एक त वर्षभरि व्यस्त कलेजोको ओभरलोड कम गर्न र अर्को महादेवको आराधना गरेर सफलता लोड गर्न ।

दीपकराज गिरी, अभिनेता

अहिलेसम्म बारेको त छैन ।

विनोद ढकाल, गायक

म मुख बार्दिनँ, तर सोमबार व्रतचाहिँ बस्छु, आत्मसन्तुष्टिका लागि ।

विवेक खतिवडा, सञ्चारकर्मी

म त बार्दिनँ ।

सोमनाथ खनाल, नाट्यकर्मी

यसपालि बार्ने विचार गरेको छु । कृपया साउन महिनाभरि कुनै पनि ननभेज पार्टीमा नबोलाउनुहुन सबैमा अनुरोध छ ।

केदार घिमिरे, माग्नेबूढा 

साउन महिना नै भनेर म मुख बार्दिनँ, किनभने म शाकाहारी नै हुँ ।

राजीव लोहनी, गायक

नबार्नेले चाहिँ के भन्नुपर्ला ?

बेनुका राई, गायिका

म त बार्छु । धार्मिक एवं शारीरिक दुवै हिसाबले फाइदाजनक हुन्छ जस्तो लाग्छ ।

सुशील पोखरेल, निर्माता

मन सफा र स्वच्छ राख्न मन लागेको काम गर्न मन लागे गरिदिन्छु, खान मन लागे खाइदिन्छु । म मुख बार्दिनँ । 

नीलडेविड कटवाल, हेयर डिजाइनर

अहिलेसम्म त बारेको छैन, अब बारियो भने भनुँला ।

रञ्जन रिजाल, अभिनेता

शारीरिक व्यायाम गर्नुपर्ने भएकाले बारिँदैन । प्रोटिनका लागि चिकेन इज बेस्ट ।

गजित विष्ट, अभिनेता

म त बार्दिनँ, खानेकुरा सम्झियो कि मुखमा पानी आइहाल्छ ।

नम्रता योगी, अभिनेत्री

म साउन महिनाभर मुख बार्छु । खासै अरू कारण त छैन, आफ्नो स्वास्थ्य राम्रो होस् भनेर मात्र हो । 

ओमप्रतीक गुरुङ, लेखक/निर्देशक

म त बार्दिनँ, किनभने कार्यक्रमका सिलसिलामा विदेशतिर गैरहनुपर्छ, त्यस्तोमा मुख बार्न सम्भव छैन ।

खुमन अधिकारी, गायक

स्वास्थ्यका दृष्टिकोणले खानाको मामिलामा म पहिलेदेखि नै सजग छु । त्यसैले धक फुकाएर भन्नुपर्दा साउन महिना नै भनेर मुख बार्ने खासै कुनै योजना छैन ।

डा. सुवास प्याकुरेल

यही महिना हो, अघिपछि कहिल्यै सुको खर्च नगर्ने साथीहरू पनि मुख बारेको छ, खर्च हुँदैन भनेर गेट टुगेदर गरौं भन्छन् । उनीहरूको निम्तो मान्नैपर्‍यो, त्यसैले मैले बार्नै छाडिदिएँ ।

लोकराज अधिकारी, गीतकार

म त नबार्ने ।

विशारद बस्नेत, अभिनय प्रशिक्षक

म त पूरै ननभेज खाने मान्छे । हप्तामा एक दिन मंगलबार त मुस्किलले व्रत बस्छु । महिनाभरि बार्नु भनेको मेरा लागि त कल्पनै गर्न नसकिने कुरा हो ।

मञ्चिन शाक्य, अभिनेता

म त बार्न सक्दिनँ । भर्खर पनि चिकेन पिज्जा खाएर आएको ।

नवनीतराज प्रधान, अभिनेता

म त बार्दिनँ, गर्लफ्रेन्डले बार्छिन् । 

सागरराज, म्युजिक भिडियो निर्देशक

अहिलेसम्म बारेको छैन । आगामी दिनमा पनि बार्दिनँ । 

अनुराग कुँवर, अभिनेता 

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्